१६ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता भव्यताका साथ उदघाटन
२४ पाैष,तुर्माखाँद,अछाम
अछामकाे तुर्माखाँद गाउँपालिका वडा नं. ३ भैरवस्थान स्थित श्री बसुन्धरा माध्यामिक विद्यालय, थाल्पाटामा १६ औँ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको एक भव्य समारोहका बीच समुद्घाटन गरिएको छ।
तुर्माखाँद गाउँपालिका वडा नं. ३ भैरवस्थान का वडा अध्यक्ष श्री कासीराम बुढा ज्यूकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्वर बहादुर वि सि, बिशिष्ठ अतिथि उपाध्यक्ष विमला कुमारी शाही, अतिथि तुर्माखाँद गाउँपालिकाका वडा अध्यक्षहरु उपेन्द्र बहादुर रावल, नरेन्द्र बहादुर शाही, पदम बहादुर वि सि, महेन्द्र बहादुर शाही, भिम बहादुर चलाउने, टिकाराम जैसी र निरक बहादुर शाही लगायत विभिन्न राजनितिक दल तथा सस्थाका प्रमुख तथा प्रतिनिधिहरु रहनु भएकाे थियाे ।
कार्यक्रमका प्रमुख अतिथि एवं गाउँपालिकाका अध्यक्ष श्री डम्बरबहादुर बि.सी. ज्यूले प्रतियोगिताको उद्घाटन गर्नु हुँदै खेलकुदले विद्यार्थीको शारीरिक र मानसिक विकास मात्र नभई उनीहरूमा अनुशासन र सामूहिक भावनाको समेत विकास गर्ने बताउनु भयो। उहाँले गाउँपालिकाले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै स्थानीय स्तरका प्रतिभावान खेलाडीहरूलाई राष्ट्रिय स्तरसम्म पुर्याउन पालिकाले आवश्यक पूर्वाधार र सहयोगमा कुनै कमी नराख्ने प्रतिबद्धता व्यक्त गर्नु भयो। सहभागी खेलाडीहरूलाई अनुशासित र मर्यादित ढंगले आफ्नो खेल कौशल प्रदर्शन गरी गाउँपालिकाको गरिमा बढाउन समेत उहाँले विशेष आग्रह गर्नु भयो।
यस पटकको प्रतियोगितामा गाउँपालिकाभरिका १२ वटा माध्यमिक विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको छ। विभिन्न विद्यालयबाट आएका यी प्रतिभावान विद्यार्थीहरूका बीच हुने प्रतिस्पर्धिले गाउँपालिका भित्र लुकेको खेल प्रतिभा पहिचान गर्न र युवा खेलाडीहरूलाई प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। कार्यक्रममा गाउँपालिकाका पदाधिकारीहरू, कर्मचारी, शिक्षक, विद्यार्थी र स्थानीय खेलप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियाे भने कार्यक्रम सञ्चालन प्रशासन शाखा प्रमुख अधिकृत तपेन्द्र प्रसाद जैसीले गर्नु भएकाे थियाे । प्रतियोगितामा सहभागी १२ वटै विद्यालयका खेलाडी भाइबहिनीहरूमा उच्च मनोबलका साथ उत्कृष्ट प्रदर्शनको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौँ। खेल पाैष २८ गते सम्म सञ्चालन हुनेछ ।
१६ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता भव्यताका साथ उदघाटन
You can subscribe to our newsletter completely free of charge.
Don't miss the opportunity and start your free e-mail subscription now to be informed about the latest news.