तुर्माखाँद गाउँपालिकाको आयोजनामा दोस्रो अध्यक्ष कप खुल्ला पुरुष भलिवल प्रतियोगिता उद्धघाटन कार्यक्रम सम्मपन्न भएको छ ।
तुर्माखाँद गाउँपालिकाकाे आयाेजनामा श्री कालिकेश्वरी माध्यामिक विद्यालयको प्राङ्गणमा वाजा गाजा सहित वजार परीक्रमा गरी उद्धघाटन भएको दोस्रो अध्यक्ष कप खुल्ला पुरुष भलिवल प्रतियोगिता कार्यक्रमको अध्यक्षता तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्बर बहादुर वि.सि, प्रमुख अतिथि अछाम जिल्ला समन्वय समिति प्रमुख ललित कुँवर, विशिष्ठ अतिथि पंञ्चपुरी नगरपालिका नगर प्रमुख लालविर भण्डारी,कमल वजार नगरपालिका नगर उप–प्रमुख शारदा कुमारी विष्ट,ढकारी गाउँपालिका अध्यक्ष प्रकाश बहादुर सावद र अतिथि तुर्माखाँद गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत धर्मराज खत्री, तुर्माखाँद गाउँपालिका राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरु नेपाली काँग्रेस पाटी सभापति कविराम बयक,नेकपा एमाले अध्यक्ष पदम बहादुर वि.सी,नेकपा मावबादी केन्द्रका अध्यक्ष मन बहादुर बयक लगायत नेतागण,कर्मचारी ,संघ संस्था प्रमुखहरु रहनु भएको थियो ।
राष्ट्रिय गान संगै प्रमुख अतिथिले पानसमा दियो वाली उद्धघाटन सुरु गरीएको कार्यक्रमको स्वागत मन्तव्य शिक्षा शाखा प्रमुख भिम बहादुर चलाउने ले गर्नु भएको थियो । अतिथि र विशिष्ट अतिथिहरुले कार्यक्रमको सफल्ताको शुभकामना दिदै पुरुष भलिबल मात्र नभई महिला भलिवल खेल पनि सञ्चालन गरीनु पर्नेमा जोड दिएका थिए । यस्ता खेलहरु तुर्माखाँदमा मात्र नभई प्रत्यक पालिकामा सञ्चालन गरीनु पर्ने राय व्यक्त गर्नु भएको थियो । प्रमुख अतिथि कुवँरले आफनो मन्तव्यमा भलिवल खेल प्रतियोगिताका लागी मात्र नभई बाह्रै महिना सञ्चालन गरीनु पर्ने मा जोड दिदै वजेट जनता मैत्रि निर्माण गरी कार्यान्वयन गर्न र कृषि क्षेत्रमा लगानी गरी वजारको उचित व्यवस्थापन गर्न सुझाब दिनु भयो । तुर्माखाँद गाउँपालिका तथा कार्यक्रमका अध्यक्ष वि.सीले भलिवल खेलमा यूवाहरुलाई आकर्षण गर्दै नयाँ खेलाडीहरु उत्पादन गर्नु र राष्ट्रिय खेल भलिवलको विकास र विस्तार गर्नका लागी सञ्चालन गरीएको वताउदै खेल अनुसासीत भयर खेल्न र खेलमा भएका त्रुटिलाई संयमता पुर्वक समाधान गर्न सुझाव दिदै सहयोग गर्न अनुरोध गर्नु भयो । विभिन्न राजनितिक दलका आ–आफनै स्वार्थले गर्दा गाउँपालिकाको बिकास गर्न केहि असज भएकोमा अवका विकासहरुमा सहज र सरल हुने कुरामा विस्वास व्यक्त गर्नु भयो । जंगलघाटको पुल र फेरी निर्माणका लागी दुवै प्रदेश सरकारसंग समन्वयगरी छिटो छरीतो रुपमा सम्पन्न गर्नका लागी अनुरोध गर्ने कुरामा जोड दिदै आजको उद्धघाटन समारोह समापन भएको घोषणा गर्नु भएको थियो ।
कार्यक्रममा यस क्षेत्रकै उदायमान देउडा गायक तथा मोडल महेन्द्र बहादुर वि.सीले देउडा गित गाउदै मञ्चमा आसीन अतिथिहरुलाई देउडा खेलाउदै मनोरञ्जन गराएका थिए भने स्थानिय कालाकारहले समेत बेजोड नृत्य प्रस्तुत गरेका थिए । आजको उद्धघाटन कार्यक्रममा गाउँपालिका कर्मचारी र शिक्षक महाँसंघ विच रोमाञ्चक खेल भएको थियो । उक्त खेलमा गाउँपालिका कर्मचारीको टीम विजेता वनेको थियो । कार्यक्रम भोलि विहान ८ वजेवाट सञ्चालन गरीेने र विभिन्न जिल्ला र स्थानिय तहवाट केही टिमहरु पुगी सकेका र वाकी टिमहरु भोलि बिहान सम्म पुग्ने आयोजकले जानकारी दिएको छ । आयोजकले दिएको जानकारी अनुसार प्रथम हुने टिमले नगत रु २ लाख १ हजार १ सय ११ रुपैया, दोस्रो हुने टिमले १ लाख १ हजार १ सय ११ रुपैया र तेस्रो हुने टिमले ५१ हजार रुपैया पुरस्कार सहित ट्रफी,मेडल र प्रमाण–पत्र पाउने छन् । कार्यक्रम ५ गते सम्म सञ्चालन हुने छ । कार्यक्रमको सञ्चालन शिक्षा शाखाका प्राविधिक सहायक जिवनराज न्यौपानेले गरेका थिए ।
