तुर्माखाँद गाउँपालिकाको आयोजनामा दोस्रो अध्यक्ष कप खुल्ला पुरुष भलिवल प्रतियोगिता कार्यक्रम समापन भएको छ ।
श्री कालिकेश्वरी माध्यामिक विद्यालयको प्राङ्गणमा जेठ २ गतेवाट सञ्चालन भएको दोस्रो अध्यक्ष कप खुल्ला पुरुष भलिबल खेलमा १० वटा समुह सहभागी भएका थिय । आज सम्मपन्न भएको खेलमा उतकृष्ट प्रदसन गर्दै वान्नीगढी जैगढ गाउँपालिका, भिमदत्त नगरपालिका र आयोजक तुर्माखाँद गाउँपालिका क्रमसः प्रथम,दोस्रो र तेस्रो स्थान प्राप्त गर्न सफल भएका छन् । प्रथम हुने टिमले नगत रु २ लाख १ हजार १ सय ११ रुपैया, दोस्रो हुने टिमले १ लाख १ हजार १ सय ११ रुपैया र तेस्रो हुने टिमले ५१ हजार रुपैया पुरस्कार संगै ट्रफी,प्रमाण पत्र र मेडल प्राप्त गरेका छन् ।
दोस्रो अध्यक्ष कप खुल्ला पुरुष भलिवल प्रतियोगिता कार्यक्रमको अध्यक्षता तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्बर बहादुर वि.सि, प्रमुख अतिथि प्रदेश सभा सदस्य पूर्व माननिय कुन्ति जोशी, विशिष्ठ अतिथि अछाम जिल्ला समन्वय समिति प्रमुख ललित कुँवर र अतिथि तुर्माखाँद गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत धर्मराज खत्री, तुर्माखाँद गाउँपालिका राजनितिक दलका प्रमुख तथा प्रतिनिधि लगायत नेतागण,कर्मचारी ,संघ संस्था प्रमुखहरु रहनु भएको थियो ।
विजेता सम्पूर्ण खेलाडी टिमहरुलाई प्रमुख अतिथि,बिशिष्ट अतिथि र तुर्माखाँद गाउँपालिका तथा कार्यक्रमका अध्यक्षले पुरस्कार वितरण गर्दै सफल्ताको शुभकामना तथा बधाई दिएका थिए । खेललाई सफल पार्न विभिन्न तवरवाट सहयोग गर्ने रेफ्रि,पत्रकार,राजनितिक दलहरुलाई मायाँको चिनो प्रदान गरीएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षा शाखाका प्राविधिक सहायक जिवनराज न्यौपानेले गरेका थिए ।
