४ नं. वडा कार्यालयद्धारा आयोजीत हरीतालिका तिज विशेष कार्यक्रम सम्मपन्न ।

featured
service
Share

Share This Post

or copy the link

 

४ नं. वडा कार्यालयद्धारा आयोजीत हरीतालिका तिज विशेष कार्यक्रम सम्मपन्न ।

 

१० भदौ,तुुर्माखाँद,अछाम ।

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज तुुर्माखाँद खुल्ला मञ्चमा मनाईएको छ । आजको दिन नारीहरुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन् । यसो गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ । सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकी कथा छ । त्यसैले आजको दिन निराहार व्रत बसेर विधिपूर्वक शिवपार्वतीको पूजा गरे मनोकामना पूरा हुने विश्वास गरीएको छ ।

हरीतालीका अर्थात तिजकोे अबसरमा ४ नं. वडा कार्यालयद्धारा आयोजीत हरीतालिका तिज विशेष कार्यक्रम खुल्ला मञ्च तुुर्माखाँदमा सम्पन्न भएको छ । यस कार्यक्रममा साविक तुुर्माखाँदका वडाका महिला समुहहरु सहभागि भएका थिए । मानव समाजको विकासक्रम सँगै हिन्दु धर्म र परम्परामा नारीहरु माथि परेको पिर, मर्का, वालविवाह, बहुुविवाह अन्याय अत्याचारविरुद्ध गित मार्फत सचेतना गराईएको थियो भने समाजमा घटेका घटनालाई गीतसंगीतका माध्यमबाट अभिव्यक्त गर्दै नारीहरुले नाचेर, गाएर, रमाएर आफू स्वतन्त्र भएको अनुभूति गर्दै तीज कार्यक्रम सम्पन्न भएको छ ।

यस कार्यक्रममा १५ वटा समुुहहरु सहभागि भएका थिए । जसमा प्रथम स्थान मिलनचोक महिला समुुह, दोस्रो स्थान १ नंं.महिला समुुह, तेस्रो स्थान २ नं. वडा समुह र सान्तवना ३ नं. वडा महिला समुुह रहेका छन् । जसमा स्थान प्राप्त गर्ने र अन्य सहभागी सम्पूर्ण महिला समुुहलाई नगत पुुरस्कार दिईएको थियो । यस कार्यमको अध्यक्षता ४ नं. वडा महिला सदस्य रोशना कुमारी वि.कले गरेकी थिईन भने प्रमुुख अतिथि गाउँपालिका अध्यक्ष डम्वर बहादुुर वि.सि, विशिष्ठ अतिथि उपाध्यक्ष विमला कुुमारी शाही, अतिथि प्रमख प्रशासकिय अधिकृत धर्मराज खत्री र ४ नं. वडा अध्यक्ष पदम बहादुर वि.सि रहनुु भएको थियो । कार्यक्रमको सञ्चालन दुुर्गा थापाले गरेकी थिईन ।

 

४ नं. वडा कार्यालयद्धारा आयोजीत हरीतालिका तिज विशेष कार्यक्रम सम्मपन्न ।
You can subscribe to our newsletter completely free of charge. Don't miss the opportunity and start your free e-mail subscription now to be informed about the latest news.

Install App

By installing our application, you can access our content faster and easier.

Log In

Log in or create an account to take advantage of Samaya Yatra benefits, completely free!

Follow Us