२८ पाैष, तुर्माखाँद,अछाम
अछामकाे तुर्माखाँद गाउँपालिका वडा नं. ३ भैरवस्थान स्थित श्री बसुन्धरा माध्यामिक विद्यालय, थाल्पाटामा १६ औँ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता पाैष २४ गते देखी २८ गते सम्म सञ्चालन भएकाे प्रतियाेगिता समापन भएकाे छ ।
तुर्माखाँद गाउँपालिका वडा नं. ३ भैरवस्थान का वडा अध्यक्ष श्री कासीराम बुढा ज्यूकाे अध्यक्षतामा भएकाे समापन कार्यक्रममा प्रमुख अतिथि तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्वर बहादुर वि सि, बिशिष्ठ अतिथि उपाध्यक्ष विमला कुमारी शाही रहनु भएकाे थियाे । प्रतियाेगिताकाे मुख्य भुमिकाकमा भलिवल रेफ्री लाेकेन्द्र बहादुर साउद रहनु भएकाे थियाे ।
कार्यक्रमका प्रमुख अतिथि एवं गाउँपालिकाका अध्यक्ष श्री डम्बरबहादुर बि.सी. ज्यूले प्रतियाेगितामा बाेल्दै खेलकुदले विद्यार्थीको शारीरिक र मानसिक विकास मात्र नभई उनीहरूमा अनुशासन र सामूहिक भावनाको समेत विकास गर्ने बताउनु भयो। आगामी दिनमा खेलकुद क्षेत्रको विकास र खेलाडीहरुलाइ प्रोत्साहनका लागि गाउँपालिकाले थप कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउनु भएकाे थियाे ।
प्रतियोगितामा बसुन्धरा माध्यमिक विद्यालय, थाल्पाटा प्रथम हुदै विद्यालयले ८ स्वर्ण, २ रजत र २ कास्य गरी कूल १२ पदक जितेको छ।
कालिकेश्वरी माध्यमिक विद्यालय, तुर्माखाँद द्वितीय, सिद्धेश्वरी माध्यमिक विद्यालय, धमाली तृतीय र कामेश्वरी माध्यमिक विद्यालय, रानिवन सान्त्वना भएको छ।
प्रतियोगितामा कूल २६ स्वर्ण, २६ रजत र ३० कास्य गरी जम्मा ८२ पदकका लागि प्रतिस्पर्धा भएको थियो। विजेता खेलाडी तथा विद्यालयलाई शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिएको छ।
कार्यक्रम सञ्चालन प्रशासन शाखा प्रमुख अधिकृत तपेन्द्र प्रसाद जैसीले गर्नु भएकाे थियाे ।
