माननिय उर्जा मन्त्रि श्री कुलमान घिसिङ
अछाम, नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । उनले नेपाल विद्युत् प्राधिकरणको करिब ११ अर्ब बक्यौता रकम उठाउन विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् ।
सपथग्रहण गरेपश्चात उनले यो रकम असूलीका लागि विशेष टास्कफोर्स गठन गर्ने र डेडिकेटेड तथा ट्रङ्कलाइनका उद्योगीहरूसँग तत्काल छलफल गर्ने बताए छन्। मन्त्रि घिसिङले भने, ‘प्राधिकरणको आर्थिक स्वास्थ्यका लागि बक्यौता रकम उठाउनु पहिलो प्राथमिकता हो । यसले नयाँ आयोजना निर्माण र उपभोक्तालाई सस्तो विद्युत् उपलब्ध गराउन मद्दत गर्छ ।
उनले आफुु पूर्वकार्यकारी निर्देशक भएको वेलामा बक्यौदा रकम उठाउने प्रयास गरेको स्मरण गर्दै अब मन्त्रालयको नेतृत्वमा यसलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अव कुनै पनि खादा माला नलगाउने र जेन्जी आन्दोलन वाट क्षती भएका संरचनाको पुन निमार्ण कार्य अगाडी वढाउने महत्वपूर्ण निर्णय गरेका छन् ।
