नेपाली काँग्रेस काठमाडाैद्धारा मृतक प्रति समबेदना प्रकट
ढकारी, अछाम
ढकारी नेपाली काँग्रेस केन्द्रिय कार्यालय द्धारा समबेदना प्रकट गरेको छ । मृतक ढकारी गाउँपालिका–४, बलाता निवासी नेपाली कांग्रेसका उपसभापति वर्ष ४६ का पदम बहादुर बुढा हुन । मृतक मिति २०८२ साल जेठ ७ गते ढकारी–४ स्थित तुरे भन्ने स्थानमा धानको बिउ राख्न गएका थिए । त्यसै बेला सेति नदीमा बगेको ढुङ्गा नियन्त्रण लिन खोज्दा भिरबाट लडेर ज्यान गएको हो ।
आफन्त र स्थानीयहरुले लामो समयसम्म घर परीवारको सम्पर्कमा नआएपछि खोजी गर्दा उनको शव सेती नदीको खोजमा फेला पारेका थिए । उनी ढकारी गाउँपालिकामा सामाजिक कार्यमा निकै सक्रिय थिए ।
उनको शव सेती किनारबाट बलातास्थित घरमा ल्याई शुक्रबार दाहसंस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।
नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भुमिका निर्वाह गरेका बुढाको निधनले नेपाली काँग्रेसले होनाहार व्याक्तित्व गुमाएको गहिरो दुःख ब्यक्त गरी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।
उहाँको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परीवार जनप्रति नेपाली काँग्रेस समवेदना प्रकट गर्दछ ।
