तुर्माखाँद गाउँपालिका द्धारा वडा वडामा सामाजिक सुरक्षा भत्ता वितरण

featured
service
Share

Share This Post

or copy the link

तुर्माखाँद गाउँपालिका द्धारा वडा वडामा सामाजिक सुरक्षा भत्ता वितरण

भुलु,अछाम,तुर्माखाँद गाउँपालिकाले वडा–वडामा सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । अपांगता भएका, अशक्त, वृद्ध–वृद्धालाई सेवा दिने उद्देश्यले वडा–वडामा सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।

सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका मन बहादुर बयकका अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को दोस्रो र तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता अन्तर्गत जेठ ९ र १० गते नविल बैंक र गाउँपालिकाको सहकार्यमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।

तुर्माखाँद गाउँपालिका र नविल बैङ्क तुर्माखाँद शाखा विच आ.व २०८०/०८१ देखी सामाजिक सुरक्षा भत्ता बैंङ्कवाट वितरण गर्ने सम्झौता गरेको थियो । उनका अनुसार २ नं. वडा भुलुमा २०८ जना अपांग,अशक्त, वृद्ध–वृद्धा र वालवालिकालाई करीव २५ लाख सामाजिक सुरक्षा भत्ता वितरण गरिएको जनाएका छन् ।

तुर्माखाँद गाउँपालिका को केन्द्र देखी भौगोलिक रुपमा टाढा रहेको भुलु रहफमा जनातालाई १५०० भत्ता लिनका लागी करीव २५०० देखी ३००० खर्च हुने गरेको थियो । अपांग,अशक्त, वृद्ध–वृद्धा र वालवालिकाहरु बैङ्कमा आउन नसक्ने र आफन्तलाई ल्याएर आउदा भत्ता वाटोमा नै सकिने हुदा त्यहाँका जनताका लागी भत्ता लिनु निकै अप्ठयारो विषय भएको थियो ।

सरकारले तीन दशकअघि देखी आर्थिक वर्ष २०५२/०५३ को बजेट मार्फत ७५ वर्ष पुगेका जेष्ठ नागरिकलाई मासिक १०० रुपैयाँ भत्ता दिने व्यवस्था गरेको थियो । त्यहाँ देखि भत्ता पाउने वर्ग र रकम निरन्तर बढ्दै मासिक १०० बाट बढाएर अहिले मासीक ४,००० रुपैयाँ पुर्याएको छ ।

यसरी तुर्माखाँद गाउँपालिका सामाजिक सुरक्षा तथा पञ्जिकरण इकाईको सहजिकरणमा नविल बैंक तुर्माखाँद शाखाद्धारा करीव ९० प्रतिश जनताले आफ्नो घरदैलोमा नै भत्ता पाएकोमा खुसी ब्यक्त गरेका छन् ।

 

तुर्माखाँद गाउँपालिका द्धारा वडा वडामा सामाजिक सुरक्षा भत्ता वितरण
You can subscribe to our newsletter completely free of charge. Don't miss the opportunity and start your free e-mail subscription now to be informed about the latest news.

Install App

By installing our application, you can access our content faster and easier.

Log In

Log in or create an account to take advantage of Samaya Yatra benefits, completely free!

Follow Us