बिद्यार्थी भर्ना अभियान र अनिवार्य तथा निःशुल्क आधाभूत शिक्षा कार्यान्वयनका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न
तुर्माखाँद गाउँपालिका,अछाम,
सबै बालबालकिाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने मुल नाराका साथ तुर्माखाँद गाउँपालिकाको सहकार्य र सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालय सामाजिक विकास कार्यालय अछामको आयोजनामा बिद्यार्थी भर्ना अभियान र अनिवार्य तथा निःशुल्क आधाभूत शिक्षा कार्यान्वयनका लागि अभिमुखीकरण कार्यक्रम तुर्माखाँद गाउँपालिकामा सम्पन्न भएको छ ।
सामाजिक विकास कार्यालय अछामका प्रमुख डम्बर बहादुर रावलको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्बर बि.सी,अतिथीहरु तुर्माखाँद गाउँपालिका ३ नं. वडाका वडा अध्यक्ष काशिराम बुढा, ४ न. वडा अध्यक्ष पदम बहादुर बि. सी, ५ न. वडा अध्यक्ष महेन्द्र बहादुर शाही ,७ न. वडा अध्यक्ष भिम बहादुर चलाउने, गाउँ कार्यपालिका सदस्य दमन घर्ती, सुनिता कुमारी शाही, शिक्षा विकास समन्वय ईकाइ कार्यालयका नायब सुब्बा सुरेन्द्र बजगाई ,सामाजिक बिकास कार्यालय नायव सुब्बा राजु शाहा लगायत तुर्माखाँद गाउँपालिकामा सञ्चालनमा रहेका ५२ वटै बिद्यालयका प्रधानाध्यापक एवं प्रतिनिधीहरुको उपस्थितमा कार्यक्रम सम्पन्न भएको छ ।
यस कार्यक्रमको सञ्चालन शिक्षा यूवा तथा खेलकुद शाखाका शाखा प्रमुख भिम बहादुर चलाउनेले गर्नु भएको थियो ।
